एकैपटक चार गुणा बढी कर वृद्धि गरेको भन्दै व्यवसायीद्धारा विरोध

एकैपटक चार गुणा बढी कर वृद्धि गरेको भन्दै व्यवसायीद्धारा विरोध

  • आइतवार, साउन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, साउन १९ ।
उद्योगी र व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को विरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट एकैपटक चार गुणा बढि हुने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

आजबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करको मारमा परको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

परिसंघका अध्यक्ष मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गर्नुभयो। उहाँले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने धारणा राख्नुभयो ।

वाणिज्य महासंघका उपाध्यक्ष प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गर्नु भयो । उहाँले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ