प्रचण्ड स्वदेश फर्किए

प्रचण्ड स्वदेश फर्किए

  • आइतवार, साउन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, साउन १९ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष दाहाल गएराति स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता दाहाललाई लिएर उनी गत मंगलबार दुबई घुम्न गएका थिए ।

छोरा प्रकाश दाहालको असामयिक निधन भएयता सीताको स्वास्थ्य अवस्था राम्रो छैन । उनलाई जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी लागेको चिकित्सकहरुले बताएका छन् ।

सीतालाई सान्त्वना दिनकै लागि अध्यक्ष दाहाल देश विदेशका विभिन्न ठाउँमा गइरहन्छन् । यसैका लागि दाहाल परिवारसहित दुबई भ्रमणमा गएका थिए ।

दाहाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ