स्वेच्छिक मर्जर नभए फोर्स मर्जर गर्ने तयारी

स्वेच्छिक मर्जर नभए फोर्स मर्जर गर्ने तयारी

  • शनिबार, साउन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, साउन १८ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बैंकहरुलाई स्वेच्छिक मर्जरका लागि प्रोत्साहित गर्ने र स्वेच्छिक मर्जर नभए फोर्स मर्जर गर्ने तयारी गरेको बताएका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघले काठमाडौंमा गरेको अन्तरक्रिया तथा संघको दोस्रो वार्षिक साधारणसभामा उनले राष्ट्र बैंकले ‘फोर्स मर्जर’को तयारी गरेको दोहोर्‍याए । अहिले फोर्स मर्जरका लागि केही नभने पनि समय आएपछि भने फोर्स मर्जरका लागि पछि नहट्ने उनको भनाइ छ ।

शिवाकोटीले राष्ट्र बैंकले ब्याजदरको स्थायित्वमार्फत् पुँजीबजारलाई पनि स्थायित्व दिने प्रयास गरेको बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सेयरबजारलाई सबैतिरबाट सुधार्ने प्रयास भइरहेको बताए । उनले सरकारले सेयरबजारसम्बन्धी लचिलो नीति ल्याउने तयारी गरेकाले सेयरबजारमा लगानी गर्नेलाई निराश नहुन आग्रह गरे ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले सेयरबजार सुधारका लागि अझै थप कामहरु गर्न बाँँकी रहेकाले भ्रष्टाचार नियन्त्रण तथा सुशासनमा जोड दिनुपर्ने बताए ।यस्तै, पूर्वअर्थमन्त्री शंकर कोइरालाले सरकारले पुँजीबजारप्रति आफ्नो दृष्टिकोण सकारात्मक राख्नुपर्ने बताए ।संघकी अध्यक्ष राधा पोखरेलले पुँजीबजारमा लगानीकर्ताले स्वतन्त्ररुपमा काम गर्न पाउनुपर्ने धारणा राखिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी