काठमाडौं, १८ साउन ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन घोषणा पुसपछि हुने भएको छ । जारी केन्द्रीय समितिको बैठकले महाधिवेशन घोषणाको मिति टुङ्गो लगाएको हो ।
केन्द्रीय समितिको बैठकले संघीयताअनुसारका संरचनाका लागि नियमावलीसँग नबाझिने निर्दे्शिका बनाएर केन्द्रीय समितिको २२ साउनमा बस्ने बैठकमा पेस गर्ने गरी सहमती जुटाएको छ । तर पार्टीको संरचना गठन सहमतिबाट कि निर्वाचनबाट भन्नेमा विवाद यथावतै छ ।
‘१३औँ महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रूपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिने निर्णयमा भनिएको छ । त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरी पारित गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो ।
उहाँका अनुसार वडा, पालिका, निर्वाचन क्षेत्रसहितको सिमांकन हेरफेरका आधारमा सहमति वा निर्वाचनको विषयलाई निर्देशिकाले प्रष्ठ पार्नेछ ।
उक्त पदाधिकारीहरूले आवश्यक सल्लाह गरेर तय गर्ने र १३औँ महाधिवेशनकै संरचनालाई समायोजन गरिने सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।