१८ साउन, काठमाडौं । प्रजातान्त्रिक विचारप्रति आस्था राख्ने पेशागत संघ संगठनले सरकारको कार्यशैलीले प्रजातान्त्रिक पद्धति कमजोर बनेको आरोप लगाएक छन् ।
प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको छलफलमा वक्ताहरुले सरकार विभिन्न विधेयक बनाएर नै प्रजातान्त्रिक मूल्य मान्यता कुण्ठित गर्न लाग्नु दूर्भाग्य भएको बताए ।
गुठी, विश्वविद्यालय, मिडिया काउन्सिल, राष्ट्रिय मानवअधिकार आयोगलगायतका विधेयकमा राखिएको विषयले सरकार लोकतान्त्रिक मूल्य मान्यताबाट विचलित हुँदै गएको पुष्टी भएको उनीहरुको आरोप छ ।
मानवअधिकारकर्मी कपिल श्रेष्ठ, बार एसोशियसनका पूर्व अध्यक्ष हरिहर दाहाल, विचार समाजका अध्यक्ष डा.केदारनरसिंह केसी, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलगायतले अन्तर्रा्ष्ट्रिय फोरमहरुमा व्यक्त प्रतिबद्धता विपरित मानवअधिकारको गम्भीर उल्लंघन गर्ने गरेकाले विश्वमा नेपालको छवी बिग्रर्दै गएको बताएका छन् ।
कार्यक्रममा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा र बद्री पाण्डेले कम्युनिष्टका कारण लोकतन्त्र संकटमा परेको भन्दै अब कांग्रेसले आफ्ना कमजोरी सुधार गर्दै एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।