संसदको गतिरोध अन्त्य गर्न सभामुखद्वारा सर्वदलीय बैठक आह्वान, के भयाे सहमती ?

संसदको गतिरोध अन्त्य गर्न सभामुखद्वारा सर्वदलीय बैठक आह्वान, के भयाे सहमती ?

  • बिहिबार, साउन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं, १६ साउन । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राजपाको अवरोधका कारणा अबरूद्व संसद बैठक सन्चालनका लागि सभामुख कृष्णबहादुर महराले आज सर्वदलीय बैठक बोलाएका छन् । सदनको गतिरोध अन्त्यका लागि विपक्षीले माग गरे अनुसारको समिति गठन वा अन्य विकल्पमा अघि बढ्ने विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको बताइएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार दिउँसोदेखि सुरु भएको बैठकमा सभामुखले संसद सुचारु गर्न दलका नेताहरूसँग छलफल गर्ने सभामुखका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए।

बैठकमा सत्तापक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायत सहभागी छन्। प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाल लगायत सहभागी छन्। प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका राजकिशोर यादव, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण लगायत सर्वदीय बैठकमा उपस्थित छन्।

सर्लाही घटनाको छानबिनको माग गर्दै विपक्षी दलहरूले हिजो पनि सदनमा अवरोध गरेका थिए । प्रमुख विपक्षी दल काँग्रेसले विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टरसम्बन्धी घटना छानबिनको लागि संसदिय समिति बनाउन माग गरिरहेको छ ।

सत्तारुढ नेकपा यो मागमा सहमत छैन । सभामुख महराले भने मध्यमार्गी विकल्पको रुपमा उक्त विषयको क्षेत्राधिकार रहेको प्रतिनिधिसभाकै समितिलाई विशेष निर्देशनसहित घटना अनुसन्धानको जिम्मेवारी दिने प्रस्ताव गरेका छन् ।

दलीय सहमति जुटेमा छुट्टै समिति गठनको प्रक्रिया अगाडि बढाउन पनि सभामुख महरा तयार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ