उपनिर्वाचनबारे आयोगले राष्ट्रियसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १९ दलसँग छलफल गर्दै

उपनिर्वाचनबारे आयोगले राष्ट्रियसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १९ दलसँग छलफल गर्दै

  • बिहिबार, साउन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, साउन १६ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन गराउनेबारे दलहरुसँग सर्वदलीय छलफल गर्दैछ ।त्यसका लागि राष्ट्रियसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १९ दललाई बोलाइएको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

काठमाडौंको कान्तिपथस्थित आयोग सभाकक्षमा हुने बैठकको निष्कर्ष बमोजिम आयोगले विभिन्न तहमा रिक्त रहेका स्थानको मतदानका लागि सरकारसमक्ष मिति तोक्न सिफारिश गर्ने छ ।  देशभर विभिन्न कारणबाट रिक्त भएका ४७ स्थानमा उपनिर्वाचन गर्नुपर्ने छ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक तथा ३८ वडामा चुनाव गराउनुपर्ने प्रवक्ता खरेलले बताए ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर गत फागुन १५ मा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ मा फेरि चुनाव गराउनुपर्ने भएको छ । प्रदेश पाँचमा प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनापछि मृत्यु भएकाले दाङ क्षेत्र नम्बर ३ को ‘ख’ मा चुनाव गर्नुपर्ने भएको हो । गण्डकी प्रदेश बाग्लुङ क्षेत्र २ ‘ख’ का सांसद टेकबहादुर घर्तीको गत मंसिरमा निधन भएकाले उक्त क्षेत्र पनि रिक्त रहेको छ । भक्तपुर–१ ‘ख’ का सांसद् हरिहरण लामिछानेको निधन भएकाले प्रदेश तीनमा पनि एक क्षेत्रमा चुनाव गर्नुपर्ने छ ।

स्थानीय तहमा एक मेयर र तीन गाउँपालिका अध्यक्षको निधन हुँदा पद रिक्त भएको हो । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ र संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवालको निधन भएकाले ती क्षेत्र रिक्त रहेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ