काठमाडौं, साउन १५ ।
नेपाल राष्ट्र बैंकले एक वर्षको लागि विभिन्न बैंक तथा वित्तीय संस्थालाई ऋण दिने भएको छ । राष्ट्र बैंकले बुधवार सूचना निकालेर ३÷३ महिनामा ब्याज लिने गरी ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा ऋण लगानी गर्ने जनाएको छ ।
राष्ट्र बैंकले आउँदो भदौ १ गतेदेखि २०७७ सालको साउन ३२ गतेसम्मको लागि मुद्दती निक्षेपमा ऋण लगानी गर्न लागेको जनाएको छ । सूचना अनुसार ‘क’ वर्गका बैंकले २१ करोड ७७ लाख रुपैयाँसम्म, ‘ख’ वर्गका बैंकले ४ करोड र ‘ग’ वर्गका वित्तीय संस्थाले १ करोड ३५ लाख रुपैयाँसम्म ऋण पाउने राष्ट्र बैंकले जनाएको छ ।
ऋण लिने बैंक तथा वित्तीय संस्थाले ३÷३ महिनामा ब्याज भुक्तानी गर्नुपर्नेछ । आफूले चाहेको रकम र ब्याजदरसमेत खुलाएर आउँदो साउन १९ गतेभित्र आवेदन दिन पनि राष्ट्रबैंकले अनुरोध गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline