नेपाल वायुसेवा निगमले सुरु गर्यो दायित्वको लेखापरीक्षण

नेपाल वायुसेवा निगमले सुरु गर्यो दायित्वको लेखापरीक्षण

  • मङ्लबार, साउन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, साउन १४ ।
नेपाल वायुसेवा निगमले आफ्नो समग्र र दायित्वको लेखापरीक्षण प्रक्रिया थालेको छ । निजीकरणमा जाँदा, मर्ज गर्दा तथा व्यवस्थापनमा अर्को कम्पनी सहभागी हुने क्रममा यस्तो मूल्यांकन गर्ने गरिन्छ ।

व्यवस्थापनमा विदेशी साझेदार ल्याउने प्रक्रियाका लागि ड्यू डिलिजेन्स अडिट (डीडीए) गर्न निगमले प्रस्ताव आह्वान गरेको छ । आज सूचना जारी गर्दै कम्पनीले आगामी १२ भदौसम्मको समयावधि राखेर प्रस्ताव आहृवान गरेको हो । डीडीए प्रतिवेदनले कम्पनीको समग्र सम्पत्तिको यथार्थ बिवरण र दायित्व स्पष्ट हुन्छ ।

व्यवस्थापन करारमा विदेशी साझेदार ल्याउन खोज्दा निगमलाई दोस्रो पक्षले पत्याएन भने तेस्रो स्वतन्त्र पक्षबाट डीडीए गराइन्छ । निगमका अनुसार कम्पनीको असार मसान्तसम्मको सम्पत्तिको विस्तृत विवरण खोजी गर्ने योजना छ ।

यस अवधिसम्म कम्पनीले तिर्नुपर्ने दायित्व र यस कम्पनीको जोखिमका क्षेत्र पहिचानको काम यसै प्रतिवेदनमार्फत हुनेछ । सम्भावित सुधारका उपाय समेत डीडीए प्रतिवेदनले पहिल्याउने छ । डीडीए गर्न अनुमति प्राप्त गर्ने कम्पनीलाई प्रतिवेदन बुझाउन तीन महिना समय दिने तयारी निगमको छ ।

निगमको डीडीए गर्न यसअघि कम्तिमा तीन पब्लिक लिमिटेड कम्पनीको डीडीए गरिसकेको हुनुपर्ने शर्त राखिएको छ । यस काममा खटिने नेतृत्वको कम्पनीमा १० वर्षको अनुभव तथा २ वटा पब्लिक कम्पनीको डीडीएमा टीम लीडरका रुपमा खटिएको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ