वातावरण संरक्षण विधेयक परिमार्जनसहित पारित, प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठन गर्ने व्यवस्था

वातावरण संरक्षण विधेयक परिमार्जनसहित पारित, प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठन गर्ने व्यवस्था

  • मङ्लबार, साउन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, साउन १४ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वातावरण संरक्षण विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको छ ।

मंगलवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सांसदहरुले राखेका संशोधन प्रस्ताव र सांसदहरुका राय समेटेर परिमार्जनसहित विधेयक पारित गरेको हो ।

विधेयकले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी कार्यलाई राष्ट्रियस्तरमा प्रभावकारीरुपमा सन्चालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद् गठन गर्ने व्यवस्था गरेको छ ।

बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका लागि सबै पक्षको सहयोग र समन्वयकारी भूमिका आवश्यक रहेको बताउनु भएको छ । विधेयकमाथि २१ जना सांसदले संशोधन प्रस्ताव राखेका थिए ।

बैठकमा वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन–२०७६ माथि छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ