काठमाडौं, साउन १३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई संगठन निर्माणको वर्ष बनाउने भन्दै ७ सय ५३ वटै स्थानीय तहमा पार्टीको कार्यससिमति र भ्रातृ संस्थाहरु निर्माण गर्ने जनाएको छ ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनमा पार्टीलाई दर्बिलो संगठनका रुपमा स्थापित गर्ने गरी महाधिवे्शन आगावै तीन लाख सदस्यता वितरण गर्ने लक्ष्य पनि लिएको छ ।
राष्ट्रियताका सन्र्दभमा आफुले उठाएको माग प्रति सरसकारसँग वार्ता चलिरहेको भन्दै राप्रपाले सरकारसँगको वार्ता असफल भए दोस्रो जनअभियान संचालन गर्ने निर्णय गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङले जानकारी दिनुभयो ।
बैठकले पार्टीको महाधिवेशन आगामी जेष्ठ महिना भित्रै गर्ने गरी आवश्यक तयारी थाल्ने निर्णय समेत गरेको छ । यस्तै आजको बैठकले राप्रपा संयुक्तलाई एकता प्रक्रियामा आउन आग्रह गरेको छ । बैठकले राप्रपा संयुक्त र अन्य राष्ट्रवादी दलहरुलाई एकता प्रक्रियामा आउन आहृवान गरेको हो ।
समान विचारधारा भएका दलहरुसँग एकता गर्ने राप्रपा संयुक्तको निर्णयको स्वागत गर्दै राप्रपाले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन आग्रह गरेको हो ।