कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी: गहृमन्त्री

कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी: गहृमन्त्री

  • सोमवार, साउन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, साउन १३ ।
गृहमन्त्री रामबहादुर थापा बादलले कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी भइरहेको बताउनु भएको छ ।
आज राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उहाँले व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको बताउनु भएको हो ।

उहाँले उच्च कार्यसम्पादन स्तर भएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाई अपराध अनुसन्धामा व्यवसायिकता प्रदर्शन गर्दै लगिएको पनि बताउनु भयो ।

गत वर्षको साउनमा भएको कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा तुरुन्त अपराधी पत्ता लगाई कानूनी कारबाहीमा ल्याउन नसके पनि प्रहरीले निकै गम्भीरताका साथ अनुसन्धान गरिरहेको उहाँले बताउनु भयो ।

अनुसन्धानलाई नतिजामा र्पुयाउन कुनै कसर बाँकी नराख्ने बताउदै गृहमन्त्री थापाले अनुसन्धान कार्यमा हुने कुनै पनि किसिमको लापरबाहीलाई मन्त्रालयले नसहने बताउनु भयो ।
समिति बैठकमा सांसदहरुले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानमा प्रहरी कहाँ अलमलियो भनी प्रश्न गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ