कुमार पौडेलको हत्याबारे छानविन गर्न संसदीय समिति नबनेसम्म सदन चल्न दिदैनौँः राजपा

कुमार पौडेलको हत्याबारे छानविन गर्न संसदीय समिति नबनेसम्म सदन चल्न दिदैनौँः राजपा

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, साउन १२ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या सम्बन्धी छानविन गर्न संसदीय समिति नबनाए राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भोलीसम्म पौडेल हत्या सम्बन्धी छानविन गर्न संसदीय समिति बनाउन अल्टिमेटम समेत दिनु भएको छ । भोलि प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि संसदीय समिति गठन गर्न उहाँले अल्टिमेटम दिनु भएको हो ।

संसदीय छानविन समिति गठन नगरेसम्म सदन चल्न नदिने उहाँले चेतावनी दिनुभयो । आज रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै संविधानको बर्खिलापमा कुमारको गैरन्यायिक हत्या भएको भन्दै उहाँले त्यसका लागि संसदीय समिति गठन गर्न माग गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ