सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज पनि स्थगित, स्कुल विभागमा जुट्न सकेन सहमती

सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज पनि स्थगित, स्कुल विभागमा जुट्न सकेन सहमती

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, १२ साउन ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक पुनः स्थगित भएको छ। आज बस्ने भनिएको बैठक भोलि दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भनेका छन्, आज बस्ने भनिएको हाम्रो पार्टी नेकपाको सचिवालयको बैठक भोलि सोमबार दिउँसो ३ बजे बस्ने भएको छ।
पछिल्लो पटक साउन ५ गते बसेको सचिवालय बैठक त्यसयता दुई तीन पटक स्थगित भएको हो । ३२ विभागहरु मध्ये स्कुल विभागको नेतृत्व विवादका कारण गत ५ गतेको बैठकले अन्तिम निष्कर्ष दिन सकेन।
सो बैठकले सबै जिल्ला कमिटीको इन्चार्ज र सह(इन्चार्ज टुंग्याएको थियो। तर, विभागको नेतृत्व टुंग्याउन सकेको थिए।
यस्तै ६ गते दुई अध्यक्ष तथा नेताहरु आन्तरिक रुपमा गृहकार्य गरे। तर पनि, सहमति जुटेन। ७ गतेको बैठक स्थगित गरी ९ गतेका लागि बोलाइयो। फेरी ९ गतेको बैठक पनि स्थगित भयो। त्यसपछि आजका लागि बैठक बोलाइएको थियो। आजको बैठक पनि स्थगित भइ भोलिका लागि सारिएको छ।
ने क पा एकताको १४ महिना पुगिसक्दा अझै ३२ विभाग, तीन केन्द्रीय आयोग तथा सम्पर्क मञ्चहरुको गठन हुन सकेको छैन। त्यस्तै पोलिटव्यूरो गठनमा अन्यौलता कायमै रहेको छ।
ने क पाका ३२ केन्द्रीय विभाग मध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग पाउने गरी भागबन्डा मिलाइएको छ। तर, कुन विभाग कसलाई दिने र कसले नेतृत्व गर्ने विषयमा सहमति जुट्न नसकेको हो।
पछिल्लो पटक स्कुल विभागमा नेताहरुको चर्काचर्की परेको छ। विभागमा सचिवालय सदस्यहरु ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन्। स्थायी कमिटी सदस्य घनश्याम भुषाल र बेदुराम भुषालले दाबी प्रस्तुत गरेका छन्। बेदुराम भुषाल यसअघि तत्कालिन नेकपा एमालेको स्कुल विभागको प्रमुख रहेर काम गरिसकेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी