पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेताहरुको आ-आफ्नै अडानः स्कुल विभागमा नेतृत्व चयन अन्यौलमा !

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेताहरुको आ-आफ्नै अडानः स्कुल विभागमा नेतृत्व चयन अन्यौलमा !

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, साउन ११ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभागमा शिर्ष नेताहरुले नै प्रतिष्ठाको विषय बनाएपछि १४ महिनासम्म पनि पार्टी एकताले पूर्णता पाउन सकेको छैन ।
३२ विभागमध्येको स्कुल विभागको नेतृत्वमा नै सहमती हुन नसकेपछि विवाद पेचिलो बन्दै गएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पटक–पटक ‘वान टु वान’ छलफल गरेपनि स्कुल विभागको नेतृत्वबारे अझै सहमति जुट्न सकेको छैन ।
पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेताहरुको आ-आफ्नै अडानका कारण आन्तरिक किचलो बढेको स्रोत बताउछ । सोहि कारण सचिवालय बैठक समेत दुईपटक स्थगित भइसकेको छ ।
स्कुल विभागको नेतृत्व आफ्नो पक्षका नेतालाई दिएर आफ्नो वैचारिक दिशाअनुसार पार्टी चलिरहेको देखाउने मनसाय नै विभाग गठनको विवादको चुरो बनेको छ ।
जसका कारण अन्तिम अवस्थामा रहेको पार्टी सांगठनिक एकताको काम पछि धकेलिएको छ । विवाद मिलाउन शीर्ष नेतृत्वलाई हम्मे–हम्मे परिरहेको छ ।
स्कुल विभागको नेतृत्वका लागि सचिवालय सदस्य ईश्वर पोखरेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले दाबी गर्दै आएका छन् । स्थायी कमिटी सदस्य भुसाल पार्टीको निर्णय, सिद्धान्त र निर्देशन स्कुल विभागबाटै प्रसारित हुने भएकाले आकर्षण बढेको बताए ।
स्कुल विभागको नेतृत्व गरेर कार्यकर्तालाई प्रशिक्षण दिने र कार्यकर्तामाझ आफ्नो विचार राखेर पार्टीमा लोकप्रिय बन्न सकिने मनसायका कारण पनि यो विभागप्रति नेताहरुको आकर्षण बढेको अधिकांश नेताको बुझाइ छ ।
तर, स्कुल विभाग पनि पार्टीको निर्णय र सिद्धान्तअनुसार नै निर्दे्शित हुने भएकाले कार्यकर्तामाझ आफ्नो विचार राखेर लोकप्रिय हुने मनसायले नेतृत्वको दाबी गर्नु गलत भएको नेताहरुकै तर्क छ ।
विभागको नेतृत्वको दाबी गर्दै नेताहरुले आन्तरिक ‘लबिइङ’लाई पनि तीव्रता दिएका छन् । स्कुल विभागको नेतृत्वले आफ्ना विचारलाई पार्टीका ‘फोरम’हरुमा लगेर प्रशिक्षण चलाउन पाउँदैन । पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीले पारित गरेका निर्णयका आधारमा प्रशिक्षण विभागले प्रशिक्षण चलाउने स्पस्ट व्यवस्था गरेको छ ।
पटक–पटकको छलफलमा पनि सहमति जुट्न नसकेपछि शीर्ष नेतृत्व विभिन्न विकल्पमासमेत छलफल गरिरहेको छ । अझैपनि पोखरेल र श्रेष्ठबीचमै सहमति खोज्ने, दुईजनाबाहेक सचिवालयकै तेस्रो व्यक्तिलाई नेतृत्व दिने, अध्यक्षद्वयले नै नेतृत्व गर्ने, सचिवालय सदस्यलाई तोकिएको विभागको जिम्मेवारी हेरफेर गर्ने वा स्कुल विभागको नेतृत्व स्थायी कमिटी सदस्यमा हस्तान्तरण गर्ने विकल्पमा छलफल चलिरहेको नेकपा स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ