नेकपाद्धारा जनप्रतिरोध र जनकार्वाहि सहितका चरणबद्ध संघर्षको घोषणा, साउन १५ गते बन्द (विज्ञप्तिसहित)

नेकपाद्धारा जनप्रतिरोध र जनकार्वाहि सहितका चरणबद्ध संघर्षको घोषणा, साउन १५ गते बन्द (विज्ञप्तिसहित)

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं, ११ साउन ।

नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य तथा उपत्यका व्युरो इन्चार्ज माइला लामाको गिरफ्तारीको बिरोधमा बन्द सहितका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

ने.क.पा. प्रवक्ता प्रकाण्डले शनिवार विज्ञप्ति जारी गर्दै उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’को रिहाईको माग गर्दै जनप्रतिरोध र जनकार्वाहि सहितका कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

नेकपाले साउन १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा जिल्ला) बन्द आह्वान गरेको छ । इन्चार्ज लामालाई गिरफ्तार गरेकोप्रति निन्दा र घोर भत्र्सना गर्दै प्रवक्ता प्रकाण्डले लामाको गिरफ्तारीको औचित्य आफ्नै अदालत समक्ष सरकारले पुष्टि गर्न र प्रमाण पेश गर्न नसकेको पनि बताउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लामालाई गिरफ्तार गरेर यसले आफ्नै अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

यहि साउन ४ गते राती सुतिरहेको अवस्थामा काठमाडौं, काँडाघारीबाट व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज लामालाई प्हरीले गिरफ्तार गरेको थियो ।

प्रवक्ता प्रकाण्डले २०६२÷०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादिएको भन्दै त्यसकै विरुद्ध पार्टीले लगातार संघर्ष गर्दै आएको पनि बताउनु भएको छ ।

देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको जनाउदैँ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको छ । ’
त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको भन्दै उहाँले सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही नभएको बताउनु भएको छ ।

उक्त दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित साउन ११ गते प्रचारप्रसार, १२ गते कोणसभा, जनप्रतिरोध र जनकार्वाहि, १४ गते मसाल जुलुस र १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा जिल्ला) बन्दको आह्वान गरिएको विज्ञप्तिमा जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ