फरक विचार राख्नेहरुको मानमर्दन गर्नु गलतः नेता सिंह

फरक विचार राख्नेहरुको मानमर्दन गर्नु गलतः नेता सिंह

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, साउन ११ ।
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको बताउनु भएको छ । गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आज आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोहमा उहाले यस्तो बताउनु भएको हो ।

उहाले सरकारको राम्रो काममा काङ्ग्रेसले सहयोग गर्ने समेत बताउनु भएको छ । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले अन्तर्रा्ष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाले सरकार आरोप प्रत्यारोपमा लाग्नुभन्दा पनि काम गरेर जनतालाई विश्वासमा लिनुपर्ने उल्लेख गर्नुभयो ।

सरकारले राम्रो काम गरोस, देशमा विकास गरोस् भनेर सहयोग गर्न चाहँदा पनि सबैको साथ सहयोग लिएर अघि बढ्नुको साटो प्रधानमन्त्रीले भाषणबाजी मात्र गर्ने र आफूभन्दा फरक विचार राख्नेहरुको मानमर्दन गर्ने गरेको गुनासो उहाँले गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ