धरान, १० साउन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संगठन बिस्तार तथा सुदृढीकरण अभियान तिब्र पारेको छ । सरकारको दमन तथा धरपकडका बाबजुत ने.क.पा.का नेता कार्यकर्ताता अभियानमा होमिएका छन् ।
अभियानका क्रममा बैठक तथा छलफल, भित्तेलेखन, जनश्रमदान, शहर तथा गाउँ गाउँमा भेला तथा प्रशिक्षण लगायतका काम गरिहेको छ । प्रहरी प्रशासनले नेक.क.पा.का नेता कार्यकर्ताको खोजी र गिरफ्तारी बढाईरहेका बेला उनीहरु भने अभियान लिएर नागरिकको घरदैलोमा पुगेका छन् । देशभर अहिले भित्तेलेखन तथा जनश्रमदानमा नेता कार्यकर्ता जुटिरहेकाबेला पूर्वी क्षेत्रमा पनि यसले तिब्रता पाएको छ ।
दाउरा काट्ने, मकै गोड्ने, रोपाइँ गर्ने लगायतका कामहरुमा जनतासँगै खटिएका छन् । अझै पनि जनताकै माझमा रहेर संगठन बिस्तार र सुदृढीकरण तथा सरकारको गलत क्रियाकलापहरुको पर्दाफास गरिरहने साे पार्टीका नेताहकाे भनाइछ । प्रतिबन्ध तथा दमनकैबीच अङियानले तिब्रता पाएकाे हाे ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी सुनसरीले जिल्लामा सांगठनिक अभियानलाई तिब्रताको साथमा जनताको घरघरमा गई सञ्चालन गरिरहेको छ। संगठन बिस्तार तथा सुदृढीकरण अभियानसँगै भित्तेलेखनलाई पनि तिब्रताका साथ अघि बढाइएको नेकपा सुनसरी जिल्ला सेक्रेटरी सन्देशले बताए। जनताले यो व्यवस्था र राज्यसत्ताको विकल्प खोजेको भन्दै अब सबै नेपाली जनताले वैज्ञानिक समाजवादनै अबको विकल्प रहेको पनि उनले बताए ।

नेकपाले जिल्लाका सबै उपमहानगरपालिका , नगरपालिका, गाँउपालिकाका विभिन्न स्थानमा भित्तेलेखन गरिरहेको अर्का नेकपाका जिल्ला स्तरीय नेता क्षितिजले बताए।
धरान उपमहानगरपालिका ,इटहरी उपमहानगरपालिका ,बराह नगरपालिका ,इनरुवा नगरपालिका ,दुहबी नगरपालिका ,रामधुनी नगरपालिका लगायतका स्थानमा स्थानीय बासिन्दाको सक्रियतामा भित्तेलेखन गरिएको उनले बताए ।
नेकपाले भित्तेलेखनमा एकीकृत जनक्रान्ती जिन्दावाद,दलाल पुजीवादी सत्ताको विकल्प बैज्ञानिक समाजबाद,जन हत्यारा सरकार मुर्दाबाद,नेकपा माथी लागएको प्रतिबन्ध खारेज गर , भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर,जनसत्ता लागु गरौं,बैज्ञानिक समाजबाद जिन्दावाद , संसदीय व्यवस्था मुर्दाबाद लगायतका दर्जनौं नाराहरु लेखेको छ।
गत फागुन २८ गते मन्त्रिपरिषदको बैठकले नेकपामाथि प्रतिबन्ध लगाएपछि पार्टी तथा नेता कार्यकर्तामाथिको धरपकड तिब्र भएको छ । यसबीचमा केन्द्रीय स्तरमा नेतासहित सयौलाई गिरफ्तार गरिएको छ । उनीहरुमध्ये केहि जेल चलान भएका छन् भने केहि प्रहरी हिरासतमा नै महिनौदेखि बन्दी जीवन बिताइरहेका छन् ।

पछिल्लो समय सरकारी पक्षले पुनः वार्ताको हल्ला फैलाएपनि सोहिबीचमा नेकपाका उपत्यका व्युरो इन्चार्ज माइला लामालाई गिरफ्तार गर्यो । उनी हाल पूर्पक्षका लागि नख्खु कारागारमा छन् ।
त्यसअघि गिरफ्तार नेकपा स्थाइ समिति सदस्य हेमन्तप्रकाश ओली पनि जेल चलान भएका छन् भने पीवीएम मोहन बहादुर कार्की जीवन्त प्रहरी हिरासतमा नै छन् । उता केन्द्रीय सदस्य वसन्त श्रेष्ठ प्रज्वलन पनि धरौटि बुझाउन अस्वीकार गर्दै कारागार गएका छन् ।
सरकारले गिरफ्तारी र दमन बढाएपनि नेपाल कम्युनिस्ट पार्टी जनताको पार्टी भएको नाताले जनतासँग सुखदुःख साट्ने,र जनताकै न्यायका लागि निरन्तर काम गरिरहने पाँचथरका जिल्ला ईन्चार्ज विकल्पले बताए ।
अभियानका क्रममा नेता कार्यकर्ताहरुले पाँचथरको याङबरक गाउँपालिका,फागुनन्द गाउँपालिका,मिक्लाजुङ गाउँपालिका लगायतका विभिन्न स्थानमा जनश्रमदान गरेका छन्।सरकारले प्रतिबन्ध लगाएपनि विप्लवका कार्यकर्ताले गाउँ गाउँमा पुगेर यसअघिपनि श्रमदान गरेका थिए।
प्रायजसो खुला नदेखिने नेकपाका कार्यकर्ता पछिल्लो समय पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार जनश्रमदानका लागि गाउँ गाउँमा किसानको खेतबारीमा देखिन थालेका हुन्।यसअघि पुर्वका जिल्लाहरु इलाम,पाँचथर ,ताप्लेजुङ ,झापा,सुनसरी लगायतका विभिन्न जिल्लामा विप्लवका कार्यकर्ताले मजदुर किसानहरुको घरमा गएर दाउरा चिर्ने ,खेतबारी खनजोत गर्ने,मकै गोड्ने लगायतका काम गरेका थिए।
नेकपा पाँचथरका जिल्ला सेक्रेटरी विजयका अनुसार आफ्नो पार्टी नेपाली जनताको पार्टी भएकाले किसान मजदुरसँगै काम गर्ने अभियान थालेको बताएका छन् । उनले भने, सरकारले हामीलाई जबर्जस्ती अपराधी बनाउन खोजेपनि जनताको मनमा हामिनै छौँ र हामी जनताको न्यायको लागि,हक अधिकारको लागि जस्तोसुकै मूल्य चुकाउन तयार छौँ।हामी कुनै अपराधी होइनौं र हामी जनताको पार्टी भएको नाताले जनताको माझमै रहेर काम गरिरहेका छौँ, उनले भने।
