सन्जय सहनी/साउन १०, राैतहट ।
रौतहट डुवानमा परेदेखि बाढी पिडितको अवस्था अझ समान्य हुन सकेको छैन । घर बगेका लाई घरको चिन्ता छ, अन्न बगेको लागि अन्नको चिन्ताले सताइरहेको छ । मृत्क र घाईते परिवारको कुरै छौडौ तिनीहरुको दुःखको व्यख्या गर्न नसकिने अवस्था छ ।
गाई वस्तु गोठ नपाएर बिना पाल खुल्ला आकासमा बाधीनु पर्ने बाध्यता छ । सरकार खाली हात आएर गए, धेरै भिआइपी आउछन् जान्छन् । पिडितकोदिनरात आशा र दिलासा सुनेरै काटिरहेका राजदेबी नगरपालिकाका पीडित जनता एक्कासि आक्रोशित भइ नगरपालिकामाथि ढुङ्गा मुढा गरेका छन ।शुक्रबार हजारौंको संख्यामा आएका पीडितहरुले चर्को नाराबाजी गर्दै नगरपालिका कार्यालय घेराउ गरेका हुन । बाढी आएको १४ दिन हुँदा समेत अहिले सम्म राहतको नाउँमा केही नदिएको गुनासो गर्दै उपप्रमुख अंशु सिहको नेतृत्वमा आएका पीडितहरुले नगरपालिकाको मेन गेटमा ढुङ्गा प्रहार गर्दै नाराबाजी गरेका हुन।केहि वडामा बिभेदपुर्न तरिका अपनाइ जनप्रतिनिधिहरुले आफ्नो आसेपासेलाई मात्र दिएको हुँदा नगरका पिडित जनताहरु आक्रोशित भई नगरपालिका कार्यालय घेराउ गर्न पुगेका नाराजुलुसमा सहभागी स्थानीय युवा नेता मुना यादबले बताए ।
पीडितको भिडको संख्या देखर मेयर धिरेन्द्र सिह भने कार्यालय बाटै फरार भई मोबाइल समेत अफ गरेको उपप्रमुख अंसु सिंहले बताएकी छिन् । गत २८ गते आएको बाढीले बागमती नदीको छेउमै रहेको बस्तीहरुमा ठूलो क्षती पुर्याउँदा पनि नगरपालिकाले राहतको नाउँमा केही नदिएको र पछि लाखौं लाख रुपैयाँको राहत बितरण गरेको बिल बनाउने तयारी गरेको आरोप लगाउदै उपप्रमुख सिहले समेत चर्को बिरोध जनाइन ।
आफू पटक पट्क बिपद ब्यस्थापनको बैठक बसाउन माग गर्दा कुनै वास्ता नगरेकोले यो दिन देख्नु परेको सिहको भनाइ छ ।जिल्ला जिल्ला प्रशासन कार्यालय रौतहटबाट आएको राहत पनि अहिले सम्म बितरन नगर्दा बाढीपीडितहरु थप आक्रोशित बनेको सिहले बताइन ।जिल्ला प्रसासनले मेयर साहेबको नेतृत्वमा गएका जनप्रतिनिधिको टोलिलाइ ५०० पोका राहत दिएको सुने मात्र त्यो राहत कहाँ गयो गएन थाह छैन, सिहले पीडित पक्षहरु कै अगाडि मेयर माथी आक्रोश पोखिन।
उपप्रमुख सिहले सिङो नगरपालिकाको सबै काम मलाइ बाइपास गरेर मेयरले नै गर्ने गरेको र अहिले राहतको बिषयलाई लिएर जनता तातेका कारण गल्ती स्विकारेर जनताको घर घरमा पुगि वास्तविक पीडितलाई राहत बाडन लाग्नका लागि मेयरलाई आग्रह गरिन ।प्रदर्सनकारिको ढुङ्गा प्रहारबाट मेट गेटमा सामान्य क्षति भएको छ ।
बाढीपीडितको भिड कन्ट्रोल गर्न नेपाल प्रहरी र जनपद प्रहरी र नगर प्रहरी रहेता पनि भिड कन्ट्रोल नभएको र मेन गेटको ताल्चा फुट्याएका छन्।