गिरफ्तार नेता-कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने नेकपाको चेतावनी(विज्ञप्तिसहित)

गिरफ्तार नेता-कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने नेकपाको चेतावनी(विज्ञप्तिसहित)

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, १० साउन ।
नेपाल कम्युनिस्ट पार्टीका मेची–कोशी व्युरो सदस्य तथा उत्तरी मोरङ जिल्ला सेक्रेटरी दिपक राई ‘विकल्प’लाई प्रहरीले गिरफ्तार गरेको छ । सांगठनिक कामको क्रममा केराबारीस्थित स्थानीय जनताको घरमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई बिहिवार विनाकारण गिरफ्तार गरेको भन्दै नेकपा मेची–कोशी व्युरोले तत्काल रिहा गर्न माग गरेको छ ।
व्युरो इन्चार्ज अनुले बिहीबार विज्ञप्ति जारी गरी राईलाई अपराधीक शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको भन्दै कडा शब्दमा निन्दा एवं भत्र्सना गरेकी छिन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीमाथि हत्या दमनको श्रिंखला बनाएरै अघि बढेको जनबिरोधी सरकारले पार्टीका नेता कार्यकर्ताको हत्या गर्ने, हत्याको सड्यन्त्र गर्दै हिड्ने, झुठा मुद्दा लगाएर गैरकानुनी रुपमा बन्दी बनाउने, जनतामा आतंक सिर्जना गर्ने जस्ता निकृष्ट र तुच्छ हर्कत प्रदर्शन गरिरहेको छ । हामी यसको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै जनदमन विरुद्ध जनप्रतिरोध गर्ने चेतावनी दिन चाहान्छौं ।’
आफ्नो असफलतालाई ढाकछोप गर्न वार्ताको हल्ला फैलाए नेकपामाथि दमन बढाएको भन्दै इन्चार्ज अनुले पार्टीको संयमता, योजनाबद्ध पहल, निरन्तर जनताको बीचमा बसेर गरिएको जनताको नेतृत्व र लोकप्रियताको अगाडि सरकारको सड्यन्त्र फिक्का र कमजोर देखिएको कुरा पछिल्ला गिरफ्तारी र उसका व्यहारहरुले सावित गरिदिएको छ ।
विज्ञप्तिमा भनिएको छ, हामी गिरफ्तारी, हत्या र आतंकबाट थोरै पनि टसमस हुनेवाला छैनौं बरु अझ स्पातीलो भएर आन्दोलन अगाडि बढ्नेछ ।
साथै दिपक राई सहित गीरफ्तार सबै नेता कार्यकर्तालाई रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी दिदै इन्चार्ज अनुले रित्यसबाट उत्पन्न परिणामप्रति सरकार पक्ष नै जिम्मेवार बन्नु पर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी