सरकार र पार्टीको गतिविधि प्रभावकारी भएनः प्रचण्ड

सरकार र पार्टीको गतिविधि प्रभावकारी भएनः प्रचण्ड

  • बिहिबार, साउन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, ९ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मानव जातीको भविष्य समाजवादबाट मात्र सुनिश्चित हुने बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातिको भविश्य सुनिश्चित नहुने बताउनु भएको हो ।

कम्युनिस्ट पार्टीका लागि काम देखाउने समय आएको भन्दै उनले अहिले नगरिए इतिहासले धिक्कार्ने बताउनु भयो । अध्यक्ष दाहालले अहिलेको अवसरको सदुपयोग गर्न पार्टीलाई एक ढिक्का बनाउँदै सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।

सरकार र पार्टीको काम प्रभावकारी नभएको भन्दै सबैले सहयोग गर्नुपर्ने उहाको भनाइ थियो । यस्तै बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाउँदै गुणात्मक ढंगले जनताको मन जित्नु पर्ने बताउनुस भयो ।

साउन महिनाबाट पार्टीको नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाइने उहाको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ