मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत(पूर्णपाठसहित)

मौद्रिक नीति सार्वजनिक, मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत(पूर्णपाठसहित)

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं ८ साउन ।
चालु आर्थिक वर्ष ०७६र७७ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले सर्वसाधारणलाई बैंकिङ पहुँच बढाइने बताउनु भएको छ ।

मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने व्यवस्था गरिएको छ । बैंकहरुले कर्जा निक्षेपको अनुपाल ४. ४ प्रतिशतमा ल्याउनु पर्ने भएको छ । यस्तै बैंकको शाखा विस्तारको लागि राष्ट्रबैंकको स्वीकृत लिन नपर्ने व्यवस्था गरिएको छ ।

२०७७ असार मसान्त भित्र मर्ज हुने बैंकलाई थप सहुलियत दिने र मर्जरमा जाने लघुवित्तलाई पनि सहुलियत दिने नीति लिइएको छ । नेपालका बैंक वित्तिय संस्थाको विदेशमा शाखा खोल्ने नीतिगत व्यवस्था गरिने समेत बताइएको छ ।

यस्तै बाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र निष्कासन गर्नु पर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले यसलाई अनिवार्य गरेको हो । पूर्वाधार विकास बैंकले समेत प्रत्येक साउन मासान्त भित्र आफ्नो कार्ययोजना राष्ट्र बैंकलाई पेश गर्नु पर्ने भएको छ ।

इन्टरनेटबाट भुक्तानी सेवालाई प्रोत्साहन गरिएको छ । प्रमुख पर्यटकीय स्थानमा छुट्टै काउन्टर खोली बैंकले विनिमय सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।

[gview file=”https://mirmireonline.com/wp-content/uploads/2019/07/Monetary_Policy_in_Nepali-2076-077_Full_Text.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ