विप्लव नेतृत्वको नेकपाका उपत्यका व्यूरो इन्चार्ज माइला लामा कारागार चलान

विप्लव नेतृत्वको नेकपाका उपत्यका व्यूरो इन्चार्ज माइला लामा कारागार चलान

  • मङ्लबार, साउन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं, ७ साउन ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका व्युरो इन्चार्ज माइला लामा प्रज्वललाई कारागार चलान गरेको छ ।

ललितपुर जिल्ला अदालतमा मंगलवार भएको थुनछेकको बहसपछि अदालतले थप अनुसन्धान आवश्यक रहेको भन्दै पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

४ नम्बर ईजलासमा भएको बहस पैरवी खाजा समय भन्दा अगाडि नै सकिएको थियो तर आदेश भने राति करिब पौने ८ बजे मात्रै आएको थियो ।

बन्दीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता खिमानन्द अधिकारी, अधिवक्ता नारायण प्रसाद तिवारीलगायतले बहस गरेका थिए ।

बहसपैरवी पछि न्यायधिस मदनकुमार धामिको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतको आदेश लगत्तै नेता लामालाई नख्खु कारागार पठाइएको छ ।

इन्चार्ज लामामाथि बम विस्फोट गराई ज्यानमार्ने उद्योग, कर्तव्य ज्यान, संगठित अपराध र राज्यविरुद्धको तथा हातहतियार खरखजना सम्बन्धि दुई वटा मुद्धा अभियोग लगाईएको छ ।

शनिवार राति साढे १२ बजे काठमाडौंको काडाँकारीबाट गिरफ्तार नेता लामालाई ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम विस्फोटको घटनासँग जोडेर मुद्धा चलाईएको छ ।

आइतवार र सोमवार दुई दिन बयान लिएपछि आज थुनछेकको बहस भएको थियो । बहसका क्रममा नेता लामाले इन्कारी बयान दिएका थिए । नेता लामाले नख्खु विस्टोटको घटनामा आफ्नो कुनै संलग्नता नभएको र सो समयमा आफु उपत्यकामा नै नरहेको बताएका थिए ।

तत्कालिन दसवर्षे जनयुद्धको थालनी हुनुभन्दा केही वर्ष अघिदेखि नै त्यसको तयारी, प्रचारप्रसार, जनचेतना र संगठन निर्माण–सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निभाएका माइला लामा जनयुद्धको थालनीदेखि ‘अन्त्य’ सम्म विभिन्न भूमिकामा रहेर सक्रिय रहेका छन् । जनयुद्धकै क्रममा उहाँको आँखाको दृष्टि र कानको श्रवणशक्ति गुमेको थियो ।

जनवादी कलाकार समेत रहेका लामा पहिलो संविधासभा निर्वाचनमा काठमाडौं– ९ मा चुनाव भिडेर झिनो मतान्तरले पराजित भएका थिए ।
कार्यकर्तामाझ अत्यन्तै कुशल, भरोसापूर्ण र अभिभावकत्वपूर्ण नेतृत्वका रुपमा स्थापित नेता लामा दोस्रो संविधानसभा निर्वाचनमा भने निर्वाचन बहिस्कारमा सक्रिय बने ।

माइला लामा जनयुद्धकालदेखि हालसम्म नै आम सर्वसाधारण जनता, तमाम लेखक–साहित्यकार एवं सबै क्षेत्रका कलाकार–सर्जकहरुबीच निकै आत्मीय, सम्मानित र स्थापित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ