‘क्लिन फीड’ को प्रावधान हटाउन सकिँदैन: सञ्चारमन्त्री बाँस्कोटा

‘क्लिन फीड’ को प्रावधान हटाउन सकिँदैन: सञ्चारमन्त्री बाँस्कोटा

  • सोमवार, साउन ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ, ६ साउन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको ’क्लिन फीड’ लागू गराउने प्रावधान हटाउन नसकिने अडान राख्नु भएको छ ।

मन्त्री बाँस्कोटाले राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले त्यो विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राख्नु भएको संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने पनि स्पष्ट पार्नुभयो ।

आज संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा त्यो प्रावधान राखेको स्पष्ट पार्दै फिर्ता लिन पनि संशोधनकर्ता सांसदद्वय कर्ण र मियाँलाई आग्रह गर्नुभयो ।

नेपालको हितलाई प्रवर्द्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको त्यो प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बास्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान सय पटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले क्लिन फीड देशको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराउनुभयो । बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ