सन्जय सहनी/ गौर, साउन ५
रौतहटको गौर नगरपालिका सहित अन्य स्थानमा बाढिले पुर्याएको क्षति र पीडितको अवस्था बुझ्न आएका नेकपा सान्सद सहित प्रदेश कमिटि सद्स्यहरुको टोलिले जनतालाइ जोगाउन सरकारबाट ठोस र प्रभाबकारि पहल हुनुपर्ने बताएका छन ।
पीडितको पाल पाल ,घर घरमा पुगेर संघीय सान्सद रेखा झा ,सरला यादब र प्रदेश न दुइका प्रदेश कमिटि सद्स्य एव गौर नगरपालिकाका मेयर प्रत्यासी शम्भु साह सहितको टोलिले सो कुरा बताएका हुन ।गौर नगरपालिकाको वडा न एक देखि नौ सम्म निरीक्षन र अवलोकन र पीडितको अवस्था बुझेका टोलिले एउटा प्राधिकरण नै गठ्न गरेर ठोस निति बनाएर स्थाइ रुपमा समस्या सामाधानका लागि तिनै तहको सरकार एक जुट भइ सक्रिय सहभागितामा काम गर्नुपर्ने बताइन ।संघीय सान्सद सरला यादबले अस्थाई रुपले होइन स्थाइ रुपमा सदरमुकाम गौर सहित बाढी प्रभावित हुने क्षेत्रलाई नक्साङकन गरि अधिकार समपन्न बिपन्न ब्यस्थापन समबन्धि एउटा प्राधिकरण गठन गरिनु पर्ने बताइन ।
त्यसै निरीक्षन कै क्रममा सांसद रेखा झाले बकैया र बागमतिको बाधलाइ मजबुत र ब्यबस्थित बनाउन लागीपर्ने बताइन ।झाले भारतीय सिमामा बाधिएको बाधको इमर्जेन्सी ढोका नखोलिएको कारन गौर डुबानमा परेको बताउदै आउदो दिनमा घटना दोहरिन नदिन कुटनितिक पहल थालिनुपर्ने बताइन ।
फरक प्रसङमा बोल्दै सान्सद झाले गौर सहित विभिन्न ठाउँको राहत बितरनमा भैरहेको विभेद रोकिनुपर्ने बताइन ।टोलिमै सहभागी नेकपाका प्रदेश कमिटी सद्स्य एव गौर नगरपालिकाका मेयर प्रत्यासी शम्भु साहले नगरपालिकाले राहत बितरन गर्ने काममा ठूलो विभेद र काखा पाखा गरेको आरोप लगाए ।साहले वास्तविक पिडित भन्दा जनप्रतिनिधिको आसेपासेले राहत पाइरहेका भन्दै आक्रोश पोखे ।
पीडित परिवारको बिचल्ली देखेर आफू मर्माहित भएको बताउदै साहले राहतको नाममा विभेद र जनता ठग्ने कार्य बन्द गर्न नगरपालिकालाइ चेतावनी समेत दिए ।बाढीले धेरैको खेतको बालीनालि नस्ट भएको प्रती दुख ब्यक्त गर्दै यसप्रति सरकारले गम्भिर हुनुपर्ने र उचित मोअब्जा दिनुपर्ने बताए ।रौतहटमा हाल सम्म बाढिले मृत्यु हुनेको संख्या २७ पुगेको छ ।घरबार क्षति ग्रस्त भएका कारन हजारौं परिवार बिस्थापित बनेका छन ।