काठमाडौं, साउन ५ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि आगामी साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आज बसेको बैठकले ७ प्रदेशका १२ स्थानमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो । प्रतिष्ठानले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको छ ।
समिति सदस्यहरुमा डा. आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन् । त्यस्तै तारानाथ दाहालको संयोजक, भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहने गरी निर्दे्शिका निर्माण समिति पनि गठन गरिएको छ ।
स्रोत व्यवस्थापन समितिमा खिलानाथ दाहाल संयोजक र सदस्यहरुमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल चयन भएका छन् ।