४ करोड बढी मूल्यको लागू औषध आइसिइ विमानस्थलबाट बरामद

४ करोड बढी मूल्यको लागू औषध आइसिइ विमानस्थलबाट बरामद

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, साउन ५ ।

प्रहरीले ४ करोड रुपैयाँभन्दा बढी मूल्यको लागू औषध ‘एम्फेटामाईन’ (आइसिइ) सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

लागू औषध नियन्त्रण ब्युरोले त्रिभुवन विमानस्थलबाट ४ किलो २ सय ग्राम आइसीइसहित पोर्चुगलका २६ वर्षीय टाइगो मेन्डेस पेरेरालाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरोले आज पत्रकार सम्मेलन गरी लागू औषध आइसिइ र अभियुक्त पेरेरालाई सार्वजनिक गरेको हो ।

गत बुधबार नेपाल आएका उनी एयर इन्डियाबाट दिल्ली हुँदै जापान जान लागेको अवस्थामा गत शुक्रबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेको ब्युरोका एसपी कृष्ण प्रसाइले जानकारी दिए। ‘विषेश सुचनाको आधारमा उनको ब्याग जाँच गर्दा लागुऔषध आइस फेला परेको हो।

मेन्डिज टाई र रुमालको बट्टामा फल्स बटम बनाइ सानो सानो प्याकेट बनाई कालो, खैरो र निलो रंगको पछाडि भिर्ने झोलामा बोकर विमानस्थलमा पुगेका थिए। विमानस्थलको वि साइडको १ नम्बर एक्सरे मेसिनमा चेक गर्दा लागुऔषधि भेटिएको थियो।

लागू औषध तस्करीको योजना अनुसार नेपाल आएका उनले काठमाडौंमा नै अन्य व्यक्तिले आइस लिएको प्रहरीको अनुसन्धानमा देखिएको एसपी प्रसाइले बताए ।

प्रहरीका अनुसार यति ठूलो मूल्य बराबरको लागूऔषध एकै पटकमा बरामद भएको हो यो पहिलो पटक हो । प्रहरीका अनुसार आइसिइ शारीरिक उत्तेजना बढाउनका लागि उच्चस्तरको लागुऔषध भएको र उच्च घरानीयाहरु तथा खेलाडीले यसको प्रयोग गर्ने गर्दछन् ।

बर्मा र थाइल्याण्डबाट आइसिइ नेपाल भित्रिने र यहाँबाट अन्य मुलुकमा पु¥याउने गिरोह सक्रिय रहेको पनि ब्यूरोले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका मेन्डिज पनि लागू औषध तस्करीका भरियामात्र भएको बुझिएको छ।

प्रहरीले बरामद गरेको आइसको मृल्य अन्तरार्ष्िट्रय बजारमा ४ करोड रुपैयाँभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा ब्युरोले ४ किलो आइस बरामद गरको एसपी प्रसाइले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ