हेटौंडा–कुलेखानी हुँदै काठमाडौं आउने सडकखण्ड आजबाट सुचारु

हेटौंडा–कुलेखानी हुँदै काठमाडौं आउने सडकखण्ड आजबाट सुचारु

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

हेटौंडा, ५ साउन । १० दिनदेखि अबरुद्ध भएको हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ हुँदै काठमाडौं आउने सडकखण्ड आजबाट सुचारु भएको छ ।अविरल वर्षासँगै गएको पहिरोले अबरुद्ध भएको सडक आजबाट सुचारु भएको हो ।

इन्द्रसरोबर गाउँपालिका–२ महालक्ष्मी खोलामा आएको पहिरोले अवरुद्ध भएको यातायात पहिरो पन्छाएपछि यातायात पूर्णरुपमा सुचारू भएको हो । सो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथको सडक खण्डबाट हेटौंडा काठमाडौं यातायात सञ्चालन हुँदै आएको थियोे ।

हेटौंडा–कुलेखानी–फाखेल हुँदै काठमाडौं आउने सडकखण्डमा पुनः पहिलो जान सक्ने भएकाले पाँच वटा डोजर तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । यसैगरी पहिरोका कारण अवरुद्ध हेटौंडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली हुँदै काठमाडौं आउने सडक सञ्चालन हुन भने अझै एक हप्ता लाग्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ