सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दै, शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने सम्भावना

सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दै, शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने सम्भावना

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, ५ साउन । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेकेा हाे । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिका विषयमा छलफल हुने बताइएको छ ।

बैठकले शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँट टुंगो लगाउने सम्भावना छ । ओली र दाहालबीच पार्टीका विभागको नेतृत्वका विषयमा मौखिक सहमति भइसकेको छ । तर त्यसलाई सचिवालय बैठकमा पेश गरी ठोस निर्णय गर्नुपर्छ ।

दुई अध्यक्षबीच महत्वपूर्ण र शक्तिशाली मानिएको संगठन विभागको प्रमुख बामदेव गौतमलाई बनाउने सहमति छ । त्यस्तै विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति भएको छ । अर्को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्वको विषयमा भने अझै कुरा मिल्न सकेको छैन ।

स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले इच्छा देखाउँदै आएका छन् ।यस विषयमा पनि आजै छलफल गरी टुंगो लगाउने तयारी बैठकले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ