देशका केही भूभागमा वर्षाको सम्भावना

देशका केही भूभागमा वर्षाको सम्भावना

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ, ५ साउन । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेकाले देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) दक्षिणतर्फ सरेकाले मनसुनी गतिविधि केही कमजोर भए पनि वर्षाकाे सम्भावना रहेकेा जनाएकाे छ ।

महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतबार बिहान देशका पूर्वी तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्यमा आंशिक बदलीको अवस्था छ । पूर्वका केही भूभागमा हलुका वर्षा भैरहेको महाशाखाले जनाएको छ । आइतबार दिउँसो पनि देशका धेरैजसो भूभागका सामान्य वर्षा हुने अनुमान छ ।

यस्तै, आइतबार राति देशको पूर्वी भूभाागमा सामान्यदेखि पूर्ण बदली हुनुका साथै मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । आइतबार राति पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले जानकारी दिएका छन् ।

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले सोमबारदेखि पानी पर्ने क्रम बिस्तारै बढ्दै जाने मौसमविद्हरुको अनुमान छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ