माइला लामा पक्राउ परेपछि गृहमन्त्रीलाई एक युवाकाे मार्मिक पत्र- ‘गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र आँखा गुमाउनु कसुर हो ?’

माइला लामा पक्राउ परेपछि गृहमन्त्रीलाई एक युवाकाे मार्मिक पत्र- ‘गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र आँखा गुमाउनु कसुर हो ?’

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडाैं, ५ साउन ।

विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई प्रहरीले गिरफ्तार गरेपछि एक युवाले गृहमन्त्रीलाइ खुल्ला पत्र लेखेका छन् । आइतवार क्रान्ति लामाले गृहमन्त्री थापालाई फेसबुकमार्फत खुल्ला पत्र लेखेका हुन् ।

उनले जनताको वर्गीय मुक्तिको खातीर तथा २३८ बर्षे सामन्ती राज्यसत्ताको अन्त्य र गणतन्त्र स्थापनाको लागि लड्डालड्दै आधा शरीर गुमाइसकेका माइला लामालाइ आज किन र के कारणले पक्राउ गरियो  भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘जुन योद्धाहरुको रगत पसिना र योगदानले आज तपाईहरु देश र प्रशासन हाँकेर बस्ने अवसर पाउनु भएको छ। माइला लामा जस्ता योद्धाहरु नभएको भए तपाइहरु आज देशको ‘शेख’ बनेर बस्न पाउनु हुन्थ्यो ? गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र एक आँखा गुमाउनु नै माइला लामाको कसुर हो ? होइन भने किन पक्राउ परे ?’

नेता लामालाई शनिवार राति अपराध महाशाखाको टोलीले गिरफ्तार गरेको हाे  ।  विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर  पक्राउ गरिएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे  छ ।

       क्रान्ति लामा

यस्ताे छ क्रान्ति दाेङ(लामा)ले लेखेकेा पत्र 

माननीय गृहमन्त्री ज्यु

लाल सलाम नमस्कार !

जनबादी गायक एबम नेकपा माओबादिका केन्द्रीय सदस्य माइला लामालाई तपाईको मातहतमा रहेको प्रसासनद्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दु:खी र भावुक भएको छु ।

माननीय मन्त्री ज्यु,

जनताको वर्गीय मुक्तिको खातीर तथा २३८ बर्षे सामन्ती राज्यसत्ताको अन्त्य र गणतन्त्र स्थापनाको लागि लड्डालड्दै आधा शरीर गुमाइसकेका माइला लामालाइ आज किन र के कारणले पक्राउ गरियो भन्ने कुरा थाहा छैन। के अपराध गरे माइला लामा र माइला लामाजस्ता अरु योद्धाहरुले?
जुन योद्धाहरुको रगत पसिना र योगदानले आज तपाईहरु देश र प्रशासन हाँकेर बस्ने अवसर पाउनु भएको छ। माइला लामा जस्ता योद्धाहरु नभएको भए तपाइहरु आज देशको ‘शेख’ बनेर बस्न पाउनु हुन्थ्यो ? गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र एक आँखा गुमाउनु नै माइला लामाको कसुर हो ? होइन भने किन पक्राउ परे ? दिनानुदिन कालाबजारी गर्ने अरबौ भ्रष्टाचार गर्ने भ्रष्टाचारी, ठग्ने ठग, दलाली गर्ने दलाल, बलात्कार गर्ने बलात्कारी जस्ता अपराधीलाई पक्राउ गरेर जनतालाइ शान्ती सुरक्षा प्रदान गर्न नसक्ने सरकारले बैचारिक चेतना छर्दै हिड्ने र जनबादी गीतको माध्यमबाट सर्बहारा जनताको अधिकारको निम्ति आवाज उठाउने माइला लामाहरुलाई पक्रेर के को पुरुषार्थ देखाउनु हुन्छ ?

यो पुरुषार्थ हैन कायरता हो।
माननीय ज्यु, सक्नुहुन्छ भने सिमाबाट जंगे पिल्लर गायब पार्नेहरुलाई पक्राउ गर्नुस, नाकावन्दीको बहानामा कालाबजारी गरी जनतालाई दु:ख दिनेहरुलाई पक्राउ गर्नुस। राज्यको अर्बौ रुपैयाँ भ्रष्टाचार गर्नेलाई पक्राउ गर्नुस। घर-खेत वन्दकी राखेर परदेश जान लागेका युवालाई लाखौ ठगेर आफ्नो घर बनाउने ठगलाइ पक्राउ गर्नुस। दिनदिनै भैरहेको बलात्कारमा संलग्नहरुलाइ पक्राउ गर्नुस, हिम्मत छ यति गर्ने ? अंह छैन।

माननीय ज्युहरु एउटा कुरा ख्याल गर्नुस !
अधिकारका निम्ति सारा जिन्दगी त्याग्न तत्पर महापुरुषहरु यस्ता पक्राउ त के हजारौं यातनाहरुपनि सहन तयार हुन्छन्, तर कदापी विचलित हुने छैनन् ।
एकमुठी श्वास रहेसम्म वैचारिक चेतना जगाउंदै जनताको अधिकारको खातिर सदैव क्रियाशिल रहिरहेछन। प्रतिक्रियावादीहरुको पक्राउमा पर्नुभएका माइला लामाको सिघ्र रिहाइको माग गर्दछु।

महान वीर योद्धा माइला लामाप्रती रातो सलाम।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ