ने.क.पा.का केन्द्रीय सदस्य तथा उपत्यका व्युराे इन्चार्ज लामा मध्यराती काडाघाँरीबाट गिरफ्तार, टेकु पुर्याइयाे

ने.क.पा.का केन्द्रीय सदस्य तथा उपत्यका व्युराे इन्चार्ज लामा मध्यराती काडाघाँरीबाट गिरफ्तार, टेकु पुर्याइयाे

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, ५ साउन । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई प्रहरीले गिरफ्तार गरेकेा छ ।  उनलाई काठमाडौंको काँडाघारीबाट प्रहरीले शनिवार मध्यराती गिरफ्तार गरेको हो ।

नेता लामालाई अपराध महाशाखाको टोलीले गिरफ्तार गरेको बताइएको छ ।  विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर  पक्राउ गरिएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे  छ ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजे पक्राउ गरिएकाे मिर्मिरे अनलाइनलाइ जानकारी दिए ।  लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको  एसएसपि थापाले जानकारी दिएका छन् । दुबै जनालाई हाल महानगरीय प्रहरी पीसर टेकुमा राखिएकाे छ ।

काठमाडौं सीतापाइलाका लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । २०६४ सालमा संबिधान सभाको निर्बाचनमा लामा काठमाडौंबाट  उमेदवार भएका थिए । लामा जनवादी गायक समेत हुन् ।

एकीकृत माओवादी बिभाजन भएपछि लामा मोहन वैद्य हुँदै ने.क.पा.मा आबद्ध छन् । फागुन २८ गते सरकारले नेकपालाई प्रतिबन्ध लगाएसँगै प्रहरीले साे पार्टीका शीर्ष नेतासहित ५०० बढि नेता कार्यकर्ता  नियन्त्रणमा लिइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ