साना ९ दलद्धारा सरकारबिरुद्ध संयुक्त आन्दोलनको घोषणा

साना ९ दलद्धारा सरकारबिरुद्ध संयुक्त आन्दोलनको घोषणा

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ४ साउन ।

विभिन्न साना राजनीतिक दलहरूले मुलुकको धर्म र संस्कृतिको संरक्षणका लागि सरकारलाई दबाब दिन संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी वाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना ९ राजनीतिक दलहरूले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न सरकारसँग माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाममा सिपी मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (वीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका ९ राजनीतिक दलहरू आबद्ध छन्।

नेकपा (माले) का महासचिव सिपी मैनालीले मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको बताउनु भयो ।

देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरूले संयुक्त आन्दोलन सुरु गरेको उहाँको भनाई छ ।

यस्ते नेपाली कांग्रेस (वीपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाब दिन आफूहरू संयुक्त आन्दोलनमा होमिएको बताउनु भयो ।

उक्त संघर्ष समितिले नागरिकता जथाभाबी वितरण गरिएको निश्कर्ष निकाल्दै त्यसको छानबिनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

साथै बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्धार गर्न सरकार गम्भीर नभएको आरोप पनि लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ