वर्तमान सरकार तानाशाह हुन खोज्योः सभापति देउवा

वर्तमान सरकार तानाशाह हुन खोज्योः सभापति देउवा

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

इटहरी, ४ साउन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन इटहरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले सरकारको कदम नसच्चिए सत्तारुढ बाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी समेत दिनुभयो ।

सरकारले प्रेस तथा मानव अधिकार आयोगमाथि ‘कन्ट्रोल’ गर्ने प्रयास गर्नु लेख्ने, बोल्ने र अभिव्यक्ति स्वतन्त्रतामाथि नै आक्रमण गर्नु भएको उहाँको भनाई छ ।

सरकारले प्रेसमाथि अंकुश लगाएर जेलसम्म हाल्ने कुरा गरेको भन्दै सभापति देउवाले यसको काग्रेसले बिरोध गरेको र मानवअधिकार आयोगमाथि नियन्त्रण गर्ने कार्य पनि सह्य नहुने बताउनु भयो ।
यस्तै देउवाले उद्योगी–व्यवसायीबिरुद्ध मनोमानी ढंगले लगाएको कर पनि जायज नभएको तर्क गनुर््भयो । तराईका डुबान तथा बाढीले प्रभावित प्रदेश नं. २ का जिल्लाको अवलोकन गरि आज ईटहरी पुग्नुभएका सभापति देउवाले सरकारले भारतसँग कुटनीतिक पहल गर्न नसकेका कारण तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको आरोप लगाउनु भयो ।

उहाँले बाढी पिडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको समेत जिकिर गर्नुभयो । पीडितको राहत र पुनर्स्थापनामा प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने पनि उहाँले घोषणा गर्नुभयो ।

कांग्रेस संसदीय दलको निर्णयअनुसार संघीय सांसदले पाँच दिनको र प्रदेश सांसदले १० दिनको तलब दिने निर्णय गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ