काठमाडौं साउन ४ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताउनु भएको छ ।
आज काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पहँँेलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भए पनि त्यसलाई सरकारले कारबाही गरेरै छाड्ने चेतावनी दिनु भएको हो ।
उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गर्नुभयो । सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सह्य नहुने उहाँको भनाइ छ ।
उहाँले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको स्पष्ट पार्नुभयो ।यस्तै सोही कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाहरूसँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दाबी गर्नुभयो ।
उहाँले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दाबी गर्दै चालू आर्थिक वर्ष्भित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।