विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित ७ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित ७ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

  • बिहिबार, साउन २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

साउन २, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी वुद्धिलाल विकसहित ७ जनालाई छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै बिहिवार सर्वोच्चले जिल्ला सेक्रेटरी विकसहित रामेछाप खाँडादेवी गाउपालीका २ का तेजबहादुर मोक्तान, अखिल (क्रान्तिकारी) भक्तपुर जिल्ला अध्यक्ष चित्रकमल वली, झापा मेचीनगर ३ का तेजराज काफ्ले, झापाको बुद्धशान्ति नगरपालीका ४ का डम्बरबहादुर तामाङ, ओखलढुंगा खिजिदेम्वा गाउँपालीका ३ का बुद्धिबहादुर सुनुवार, भक्तपुरको मध्यपुरठिमि नगरपालीका ४ का राकेश श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो ।सातै जनालाई गैरन्यायीक रुपमा हिरासतमा राखेको भन्दै रिहाईको माग सहित अर्जुन तामाङले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।
उक्त रिट निवेदनमाथि न्यायाधिश इश्वर खतिवडा, तेज बहादुर केसी र बमकुमार श्रेष्ठको पूर्ण इजलासले बहसपछि बन्दीहरुलाई प्रवृत्त धारणा राखी बन्दी बनाइएको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो ।
रिट निवेदनको पक्षमा आज वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी, गोपालकृष्ण घिमिरे, रमनकुमार श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ताहरु कपिलचन्द्र पोख्रेल, सुनिल पोख्रेल, खिमानन्द अधिकारी, बेनोज अधिकारी, कान्तिराम ढुंगाना, बद्रीप्रसाद भुसाल, चुडाबहादुर निरौला, लिलाधर उपाध्याय, सन्तोष कोइराला, सुदर्शन जोशी र राजु अधिकारीले बहस गरेका थिए ।

उनीहरुलाई प्रहरीले गत जेठ ११ गते साँझ काठमाडौँको कोटेश्वरस्थित नरेफाँटबाट पक्राउ गरेको थियो । पक्राउ परेका सातै जनालाई महानगरीय प्रहरी वृत्त, बोनश्वरको हिरासतमा राखेर राज्यबिरुद्दको कसुर र संगठित अपराध सम्बन्धि अभियोग लगाएके थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी