बाढी पहिरोबारे राष्ट्रियसभामा सार्वजनिक महत्वको प्रस्ताव

बाढी पहिरोबारे राष्ट्रियसभामा सार्वजनिक महत्वको प्रस्ताव

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं १ साउन ।
बाढी, पहिरो र डुवानको प्रभावती र उद्दार तथा राहतबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

आज नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले उक्त प्रस्ताव दर्ता गराउनु भएको छ । प्रस्तावमा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डेले समर्थन जनाएका छन् ।

वर्षाको कारण मुलुकका विभिन्न भागमा धेरै संख्यामा मानिसको मृत्यु भएको, घाइते र वेपत्ता भएका, सर्वसाधारणको घरवास, खेतबारी बगाई हजारौं विस्थापित भएका, धेरै राजमार्ग अवरुद्ध भएको, विद्युत सेवा रोकिएको, खानेपानीको अभाव भएको, विद्यालय क्षतिग्रस्त भएका, स्वास्थ्य उपचार, उद्धार तथा राहतको काम कारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने भन्दै प्रस्ताव दर्ता गरिएको छ ।

वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले प्रस्ताव दर्ता गरिएको उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ