इन्टरनेटमा १३ प्रतिशत मूल्य वृद्धि

इन्टरनेटमा १३ प्रतिशत मूल्य वृद्धि

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं श्रावण १ ।
इन्टरनेट सेवा प्रदायकहरुले आजबाट इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गरेका छन् । सरकारले इन्टरनेट सेवा प्रदायकहरुसाग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णय अनुसार मुलुकभरका सेवा प्रदायकहरुले मूल्य वृद्धि गरेका हुन् ।

आइस्पानले सरकारले वृद्धि गरेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउने निर्णय गरेको हो । संसदले पारित गरेको आर्थिक ऐनमा इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत रकम संकलन गरी भ्याटसँगै तिर्नुपर्ने व्यवस्थाा गरिएको छ ।
यो वर्षको बजेटमा पनि सरकारले यही प्रावधानलाई अघि बढाएको छ । गत वर्षदेखि नै सरकारले इन्टरनेट सेवा प्रदायकहरुबाट १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको थियो । व्यवसायीको तीव्र विरोधपछि सरकारले व्यवसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो ।

सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत मूल्य समायोजन गर्ने सम्झौता गरेको सरकारले सम्झौता पालना नगरेको भन्दै व्यवसायीले मूल्य वृद्धि गरेका हुन् । यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सेवा प्रदायकले सरकारको निर्णय अटेर गरेको भन्दै सो निर्णय उनीहरुको लागि दुर्भाग्य साबित हुने टिप्पणी गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ