प्रदेश २ का मन्त्रीहरुले बाढी प्रभावितलाई एक महिनाको तलब दिने

प्रदेश २ का मन्त्रीहरुले बाढी प्रभावितलाई एक महिनाको तलब दिने

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धनुषा ३० असार ।
प्रदेश २ का मन्त्रीहरुले आफ्नो एक महिना बराबरको तलब बाढी पीडितलाई सहयोग गर्ने भएका छन् । आज बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले बाढी प्रभावितलाई उद्धार तथा पुनःस्थापनालाई तीव्रता दिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । त्यस्तै समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण समेत गर्ने छन् ।

साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुट्न बैठकले आग्रह गरेको छ ।

यसअघि प्रदेश सरकारले बाढीबाट मृतक परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने र प्रदेश २ को आठवटै जिल्लालाई राहत तथा उद्धारको लागि १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ