बाढी पीडितलाई आ–आफ्नो स्तरबाट सहयोग गर्न मन्त्री यादवको आग्रह

बाढी पीडितलाई आ–आफ्नो स्तरबाट सहयोग गर्न मन्त्री यादवको आग्रह

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

जनकपुर ३१ असार ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी पीडितका लागि आ–आफ्नो स्तरबाट सहयोग गर्न आह्वान गर्नुभएको छ ।

प्रेस संगठन धनुषाले आज जनकपुरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई जसले जे सकिन्छ त्यहीँबाट सहयोग गर्न आग्रह गर्नुभएको हो ।

उहाले वर्तमान सरकार यसमा गम्भीर भई काम गरिरहेको समेत जानकारी दिनुभएको छ । अहिलेको समस्या समाधान भएपछि सरकारले दीर्घकालीन योजनाका साथ काम गर्ने समेत उहाले बताउनु भयो ।

अर्को एक प्रसंगमा मन्त्री यादवले सडक, पुलपुलेसा ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारका कारण बाढीले विध्वंश मच्चाएको भन्दै त्यस्ता ठेकेदारलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ । बाढी पीडितको अवस्था निरीक्षण गर्न मन्त्री यादव गृह जिल्ला धनुषा पुग्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ