संसदीय समितिको बैठक पनि स्थगित गर्न कांग्रेसका सांसदहरूको माग, सत्तारुढ सांसदद्धारा विरोध

संसदीय समितिको बैठक पनि स्थगित गर्न कांग्रेसका सांसदहरूको माग, सत्तारुढ सांसदद्धारा विरोध

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं ३० असार ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसदद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढीपहिरो र डुबानपीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गर्नुभएको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी कांग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबानपीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने उहाले तर्क गर्नुभयो ।

कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले जनता पीडामा रहेका बेला राहत तथा उद्धारमा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुनेतर्फ समितिकी सभापतिको ध्यानाकर्षण गराउनु भएको छ । सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गर्नुभयो ।

सत्तारुढ नेकपाका सांसदहरूले भने कानुन निर्माणको काममा ढिलाइ हुने दाबी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भए पनि संसदीय समितिका बैठकहरू भने स्थगित गर्न नहुने धारणा व्यतm गरेका छन ।

यस्तै प्रतिनिधिसभा अन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले आजदेखि नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले विधेयकमाथि संशोधन दर्ता गर्ने सांसदहरुसँग संशोधन दर्ता गर्नुको कारणसहित धारणा लिएको छ । बैठकमा संशोधनकर्ता सांसद गजेन्द्र महतले प्रदेश प्रहरीलाई अधिकार दिन कन्चुस्याइँ गर्न नहुने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ