काठमाडौं, असार ३१ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मकेन्द्रित र अहंकार छोड्नुपर्ने बताउनुभएको छ । उहाँले पार्टी आत्मकेन्द्रित, अहंकार, गुटबन्दीमा रमाइरहने हो भने जनताले सबक सिकाउने बताउनु भयो ।
नेकपालाई कसैले माया गरेर दुईतिहाइ हैसियत नदिएको भन्दै उहाले नेताहरूको त्याग, निष्ठा र संघर्षको प्रतिफलबाट अहिलेको शक्ति प्राप्त भएको उल्लेख गर्नुभयो ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाले प्रतिबद्धताअनुरूप काम नगरे जनताले कसरी गिराउँछन् भन्ने कुरा पूर्वी युरोप र सोभियत युनियनको पतन बाट स्पस्ट हुने बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग आजेै साँझ भेटवार्ता गरेर पार्टी एकताका बाँकी काम टुंग्याउने उहाको भनाइ छ ।
त्यसपछि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर संगठनात्मक एकताको काम पूरा गरिने बताउँदै अध्यक्ष दाहालले अहिलेसम्म पार्टी एकताको काम नटुंगिनु गम्भीर विषय भएको बताउनु भयो ।