काठमाडौंै, असार ३० ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनैतिक पूर्वाग्रह त्यागेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यहरुलाई निर्देशन दिएको छ । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आज प्रेस विज्ञप्ति जारी गरी पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले उद्धार र राहतमा समर्पित हुने निर्णय गरिसकेको छ । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन पनि गर्ने भएको छ ।
यसैबीच कांग्रेसबाट निर्वा्चित सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आज विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी दिनुभएको हो ।
उहाले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको आरोप लगाउनु भएको छ ।