संघीय संसदको बैठक ९ दिनलाई स्थगित,विपद पीडितको सहयोगमा खटिन सांसदलाई सभामुख महराको आग्रह

संघीय संसदको बैठक ९ दिनलाई स्थगित,विपद पीडितको सहयोगमा खटिन सांसदलाई सभामुख महराको आग्रह

  • सोमवार, असार ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, असार ३० ।

संघीय संसदको बैठक ९ दिनलाई स्थगित भएको छ ।सभामुख कृष्णबहादुर महराले सोमबार संघीय संसदको बैठक ९ दिनलाई स्थगित गरेको जानकारी दिए।
विज्ञप्ति जारी गरी उनले प्रतिनिधिसभाका सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।
‘संघीय संसद प्रतिनिधिसभाका माननीय सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु’ विज्ञप्तिमा भनेका छन् ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संघ संस्था, अभियन्ता र राजनीतिक दललाई पनि विपद प्रभावितको सहयोगमा खटिन सभामुख महराले अनुरोध गरेका छन् । प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न र विपद् आइपरेमा तत्काल उद्धार एवं राहतलाई अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यवस्थित गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनले बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेका छन् । प्रकोपमा हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार, राहत र पीडितहरुलाई पुनस्र्थापना प्रभावकारी ढंगले गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ