सेनाबाट विद्रोह गरि जनयुद्धमा सहभागी भगत र शाहीलाई दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्यः ने.क.पा.

सेनाबाट विद्रोह गरि जनयुद्धमा सहभागी भगत र शाहीलाई दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्यः ने.क.पा.

  • बुधबार, असार २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडाैं, २५ असार । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएकाे छ । साे पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै मुद्दालाई तुरुन्त फिर्ता गरी स–सम्मान रिहा गर्न जोडदार माग गरेका छन् ।

प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको जनयुद्धमा सहभागी झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्य रहेकेा पनि प्रकाण्डले बताएका छन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश हुने विषय जनयुद्धको विषय हो र त्यसप्रकारका प्रश्नहरुको समाधान विस्तृत शान्ति सम्झौतामा गरिसकिएको दावि गरिएको छ । तर प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको जनयुद्धमा सहभागी कमरेडहरु झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्य छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ