ओखलढुंगामा बस दुर्घटनामा ३ को मृत्यु, १६ जना घाइतेः तीन जना घाइतेलाई काठमाडौँ ल्याइयो

ओखलढुंगामा बस दुर्घटनामा ३ को मृत्यु, १६ जना घाइतेः तीन जना घाइतेलाई काठमाडौँ ल्याइयो

  • बुधबार, असार २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

२५ असार, ओखलढुंगा । ओखलढुंगामा यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३ बजेतिर सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिकाकी अन्दाजी ३० वर्षीय लालबहादुर धामी रहेको प्रहरीले जनाएको छ । मृतक बस्नेत बसचालक हुन् ।

गाडीमा सवास १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार, घाइतेमध्ये मित्रबहादुर थापा, मदन कट्टेल र कृष्ण गौतमलाई एम्बुलेन्समार्फत काठमाण्डौ लगिएको छ भने अन्य घाइतेहरुको घुर्मीको अस्ता र ओखलढुंगाको जनसेवा अस्पतालहरुमा उपचार भइरहेको छ ।

घुम्ती पार गर्ने क्रममा सडकबाट २० मिटर तल खसेको ओखलढुंगा ट्राफिक पोष्टका ट्राफिक प्रहरी गोकर्ण खड्काले जानकारी दिए ।

यसैबीच, दुर्घटना हुँदा तीनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। ओखलढुंगा प्रहरी कार्यालयका प्रहरी जवान गोकर्ण खड्काले घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ