कर्मचारी अवकाशको उमेर ६० वर्ष पुर्याउन सुझाव, संसदीय समितिले दियो यस्तो निर्देशन

कर्मचारी अवकाशको उमेर ६० वर्ष पुर्याउन सुझाव, संसदीय समितिले दियो यस्तो निर्देशन

  • मङ्लबार, असार २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं असार २४ ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई नयाँ व्यवस्था अनुसार कर्मचारी अवकाशको उमेर कति वर्षमा पुर्याउने भन्नेबारे गृहकार्य गर्न निर्देशन दिएको छ ।

संघीय निजामति कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज सिंहदरवारमा भएको छलफलमा समितिले वैज्ञानिक तथ्य सहित यसबारे टुङ्गोमा पुग्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरुालाले पुरानो व्यवस्था अनुसार निजामति कर्मचारीको अवकाशको उमेर ५८ वर्ष रहेको भन्दै जनशक्ति तयार पार्न राज्यको धेरै लगानी हुने भएकाले अवकाशको उमेरको विषयमा ठोस निर्णयमा पुग्न गृहकार्य गरिरहेको जानकारी गराउनुभयो ।

बैठकमा सांसद दिलेन्द्रप्रसाद वडु र पम्फा भुषालले अवकाशको उमेर ५८ बाट ६० वर्ष र्पुयाउनुपर्ने सुझाव दिनुभयो ।समितिका अरु सदस्यहरुले नयाँ व्यवस्थामा अवकाश प्राप्त निजामति कर्मचारीहरुलाई एकमुष्ठ पेन्सनको व्यवस्था हुनुपर्नेमा समितिको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ