भारतीय विस्तारवादसामु सरकारको तावेदारीवाद उदाङ्गियो- सीपी मैनाली

भारतीय विस्तारवादसामु सरकारको तावेदारीवाद उदाङ्गियो- सीपी मैनाली

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २३ असार ।

नेकपा मालेले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हट्नु गम्भीर र आपत्तिजनक रहेको भन्दै आपत्ति जनाएको छ।
भारतीय दूतावास र भारतीय निर्यातकर्ता व्यापारीहरुको तीब्र दबाबसामु झुक्दै आवश्यक पूर्वाधार र जनशक्ति अभावको नाममा सरकार भन्सार विन्दुमा भारत लगायत तेस्रो मुलुकबाट आयात हुने ‘तरकारी र फलफूलको क्वारेन्टाइन र जीवनाशक बिषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्ने’ निर्णयबाट पछि हटेको बताएको छ।

मालेका महासचिव सीपी मैनालीले सोमबार विज्ञप्ति जारी गर्दै विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुले भारतीय विस्तारवादसामु केपी–पीके सरकारको तावेदारीवाद नांगिएको टिप्पणी गरेका छन्।

नेपालबाट निर्यात हुने तरकारी तथा फलफूलको महंगो र कष्टप्रद प्रक्रिया पुरा गर्दै भारतको कलकत्ता र लखनउमा चेकजाँच हुँदै आएको स्मरण गराउँदै मैनालीले भनेका छन्, ‘डब्लुटिओ र एफएओको विषादीयुक्त वस्तुको व्यापार गर्न नपाउने अन्तर्राष्ट्रिय प्रचलन र मान्यताविपरित नेपाल सरकारले जुन निर्णय गरेको छ, त्यो सरासर अपरिपक्व, गलत, असमान र जनस्वास्थ विपरित छ। यसले भारतीय विस्तारवादका सामु वर्तमान केपी–पीके सरकारको तावेदारीवादलाई उदाङ्गो पारेको छ।’

नेपालका विभिन्न सात ठाउँमा विषादी अवशेषको चेकजाँच गर्ने व्यवस्था रहेको भन्दै मालेले कृषि क्षेत्रलाई आधुनिक र वैज्ञानिककरण गर्दै स्वदेशी उत्पादनको बृद्धि र बजार व्यवस्थापन सहज गर्न तथा आयातलाई घटाउँदै लाने दिशामा सरकारको ध्यानाकर्षण समेत गराएको छ।

त्यस्तै, भन्सार विन्दुमा बिषादी अवशेषको परीक्षण गर्ने पूर्व निर्णयलाई कार्यान्वयनमा ल्याउन तथा त्यस सम्बन्धी व्यवस्थालाई अझ उन्नत बनाउन मालेले सरकासँग माग गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ