उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं २३ असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्र बैंकले जनताद्वारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर मुलुकको आर्थिक विकास र सुशासनमा थप योगदान पुरयाउने विश्वास पनि उहाले व्यतm गर्नुभएको छ ।

राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनको आज शिलान्यास गर्दै उहाले वित्तीय संघ, संस्थाहरूलाई मुलुकको आर्थिक वृद्धि गर्न र वित्तीय अनुशासनलाई कायम गर्न राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने अपेक्षा पनि गर्नुभएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरूलाई जनताप्रति उत्तरदायी बनाउने गरी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाले मुलुकको आर्थिक विकासका लागि कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि बताउनु भयो ।

सो भवन अगाडि दुई तला र पछाडि चार तलाको हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मेवारी लिएको सो भवनको अनुमानित लागत दुई अर्ब आठ करोड रहेको नेपाल राष्ट्र बैंकका डेपुटी भगर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ