गैर मानवीय हर्कत गरेकेा भन्दै ने.क.पा. धनुषाद्वारा घोर विरोघ र भत्र्सना

गैर मानवीय हर्कत गरेकेा भन्दै ने.क.पा. धनुषाद्वारा घोर विरोघ र भत्र्सना

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले व्युरो सदस्य तथा धनुषा जिल्ला सेक्रेटरी मिथिला चौहानको घरमा प्रहरीले छापा मारी सामानहरु लुटपाट गरेर लगेको भन्दै साे पार्टीले भत्र्सना तथा आपत्ति जनाएको छ । सो पार्टीका धनुषा जिल्ला इन्चार्ज प्रकाशले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी धनुषाका इन्चार्ज प्रकाशले विज्ञप्तिमा भनेका छन्, ‘२०७६ असार १८ गते धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ तेजनगर स्थित हाम्रो पार्टीका व्युरो सदस्य तथा धनुषा जिल्ला सेक्रेटरी मिथिला चौहानको घरमा प्रहरीले छापा मारी गरेको छ । घरमा कोही नभएको समयमा दिउँसो ३ बजेतिर धनुषाधाम इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरको नेतृत्वमा आएको प्रहरी टोलीले उक्त नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकुमार साहको रोहबरमा घरको ताला तोडी घर खानतलासी गरिएको र घरमा भएका सामान (पुस्तकहरु, मसला कुट्ने खल र मुस्ली) सहित लुटपाट गरेर लगेको छ । घरभित्र भएका सामानहरु छरपस्ट पारिएको छ । साथै केही समय अगाडि प्रहरीद्वारा गैर मानवीय ढङ्गले गिरफ्तार गरिएका हाम्रो पार्टीका जिल्ला सदस्य तथा युवा संगठनका केन्द्रीय सदस्य धनुषाधाम नगरपालिका वडा नं. ३ सिकियाहीस्थित जाहिर राइनको घरमासमेत प्रहरीले घर खनतलासी गरी घरपरिवार र उक्त क्षेत्रका जनतामा त्रास र आतङ्क सिर्जना गरेको छ ।’
विज्ञप्तिमा प्रकाशले भनेका छन्, ‘राज्यद्वारा गरिएको यस प्रकारको गैर मानवीय हर्कतको हाम्रो पार्टी घोर विरोघ तथा भत्र्सना गर्दछ । मानव अधिकारसमेत हनन हुनेगरी गरिएको यस प्रकारको अन्याय र अत्याचारका विरुद्ध एकजुट हुन सम्पूर्ण उत्पीडित जनसमुदायलाई अपिल गर्दै पत्रकार, बुद्धिजीवी, मानव अधिकारकर्मी लगायतलाई उक्त घटनाको अनुगमन गरी सत्य तथ्य बाहिर ल्याई छानविनमा सहयोग गरिदिनुु हुन आग्रह गर्दछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ